३१ भाद्र २०८१, सोमबार

चलचित्र ‘मोदिबेनी’ आजदेखि देशैभर प्रदर्शनमा


मोदिबेनी

काठमाडौँ । नेपाली चलचित्र ‘मोदिबेनी’को आजदेखि देशैभर प्रदर्शनमा आएको छ । उक्त चलचित्रको बुधबार कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको पहिलो प्रदर्शनी (फस्ट प्रिमियर) मा सहभागी चलचित्रकर्मीले प्रसंशा गरेका छन् ।

पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र ‘मोदीबेनी’मा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको बताइएको छ । आफ्नो मौलिक कथालाई विषय बनाएर तयार गरिएको चलचित्रले ग्रामीण सौन्दर्यको प्रचार गरेको छ ।

पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई दर्शाउने बताइएको छ ।

चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !