
काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन भएको छ । कामतको आज बिहान आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा आफ्नै घरमा निधन भएको हो ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो । गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कट भएपछि जन्मथलो फर्किएका थिए ।
उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।