१४ असार २०८१, शुक्रबार

गायिका ईश्वरी बरालको ‘माया छ कि छैन’ गीतको भिडियो सार्वजनिक


माया छ कि छैन

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ की छैन’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय रहेको छ । म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ ।

भिडियोको निर्देशक मुस्कान ढकालले गरेका हुन् भने छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् । सो भिडियोको कोरियोग्राफी शिशिर खातीले गरेका छन् । शब्द, सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको छ ।

उक्त गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीत श्री ईश्वरी प्रडक्सनबाट सार्वजनिक गरिएको छ । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन् ।

यस्तो छ हेर्नुहोस् उक्त गीतको भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !