२० बैशाख २०८१, बिहिबार

“शिक्षा सीप र सदाचारको सङ्‌गम हेर अपार” बोलको विद्यालय गीतको विमोचन


शिक्षा सीप र सदाचारको सङ्‌गम हेर अपार

काठमाडौँ । “शिक्षा सीप र सदाचारको सङ्‌गम हेर अपार” बोलको विद्यालय गीतको विमोचन आज गरिएको छ । ज्ञान संस्कार इन्टरनेशनल स्कुलमा उक्त विद्यालय गीतको विमोचन गरिएको हो ।

गीतको विमोचन प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल तथा विद्यालयका प्रधानाध्यापक निलम बानिया बडूले संयुक्त रूपमा गरेका थिए ।

गीत विमोचन कार्यक्रमको समापन पश्चात् प्राध्यापक बरालले आधुनिक परिवेशमा नयाँ तरिकाबाट सञ्चालन भएको विद्यालय हुँदा यसबाट उत्पादन हुने जनशक्तिले पक्कै पनि देशको विकासमा उल्लेख्य योगदान पुर्याउन सक्ने सम्भावना रहेको बताएका छन् ।

नेपाली गीत तथा सङ्गीतमा उल्लेख्य योगदान पुर्याएका विश्वनाथ बराल ‘प्रेम’को शब्द, सङ्गीत र स्वरमा रहेको विद्यालय गीतमा शिक्षा, सिप र सदाचारको विकासमा विशेष जोड दिइएको छ ।

प्रा. बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बुद्धिजीवी भरत ढकाल, विद्यालयका सर्वाङ्गीण विकास योजनाकार विश्वनाथ बराल ‘प्रेम’, विद्यालयका अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

शिक्षा सीप र सदाचारको सङ्‌गम हेर अपार

यस्तो छ हेर्नुहोस् उक्त गीतको भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !