![रामचन्द्र पौडेल र मेनुका पौडेल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2024/02/Ram-chandra-Paudel-and-Menuka-Paudel43.jpg?fit=1024%2C596&ssl=1)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।
राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।