२२ बैशाख २०८१, शनिबार

गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरी’ को भिडियो सार्वजनिक


संगम लामिछाने

काठमाडा । लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ । लामिछाने र बद्री सापकोटाको स्वर रहेको ‘ए गौरी’ बोलको दोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ भने गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा मोडल अञ्जली अधिकारी, रिया खड्का, बिमल अधिकारी र दीपक पौड्यालको अभिनय छ ।

मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन् । सो गीत संगम लामिछाने युटुब च्यानलवाट सार्वजनिक भएको छ ।

यस्तो छ हेर्नुहोस म्युजिक भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !