१९ बैशाख २०८१, बुधबार

नायक सारुक ताम्राकारले गरे आत्महत्या


सारुक ताम्राकार

काठमाण्डौँ । नायक सारुक ताम्राकारले आत्महत्या गरेका छन् । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका नेपाली फिल्म क्षेत्रका उदयमान नायक सारुकले बिहीबार साँझ आत्महत्या गरेका हुन् ।

उनले ३१ बर्षको कलिलो उमेरमै आफ्नै निवास काठमाडौँको रातोपुलमा आत्महत्या गरेका हुन् । बुबाआमासँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।

ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

सारुकले बिहिबार बिहानसम्म छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । तर अचानक उनले यस्तो निर्णय किन लिए खुल्न सकेको छैन ।

यो फिल्ममा उनले नायिका नम्रता श्रेष्ठसँग अभिनय गरिरहेका थिए । सारुकको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको छ ।

‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनित ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !