६ बैशाख २०८१, बिहिबार

नेपाल नेटवर्क टेलिभिजनको सिइओमा दिनेश डिसी नियुक्त


दिनेश डिसी

काठमाडौँ । नेपाल नेटवर्क टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश डिसी नियुक्त भएका छन् । बिगत तीन दशकदेखि नेपाली मिडिया क्षेत्रमा सक्रिय डिसी टेलिभिजन, रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व हुन् ।

वसन्त पंचमीको शुभ दिन पारेर डिसीलाई डिएआर ग्रुपले संचालन गर्ने टेलिभिजनको सिइओमा नियुक्त गरेको हो । पछिल्लो समय कान्तिपुर टेलिभिजन तथा रेडियोको स्टेसन हेडको जिम्मेवारी सम्हालेका डिसी अब नेपाल नेटवर्क टेलिभिजनमा आवद्ध भएका छन् ।

कम्पनीका संरक्षक गोविन्दराम दाहाल र डिसी बिच औपचारिक हस्ताक्षर सम्पन्न भएको छ । नेपाल नेटवर्क टेलिभिजनमा नियुक्त भए पछि आफ्नो तिन दशक लामो अनुभवलाई अब नयाँ प्रबिधि मार्फत अझै दर्शकहरु माझ पुर्याउने ठुलो चुनौती तथा अथाह अवसरको रुपमा लिएको डिसीले बताए ।

आगामी नयाँ बर्षको सुरुवात संगै टेलिभिजनको प्रशारण सुरु हुने संचालक समिति सदस्य श्याम धितालले जानकारी दिए । शुभारम्भसंगै टेलिभिजनले रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइससंगै अन्य कार्यक्रमहरुको प्रशारण हुने धितालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !