३१ चैत्र २०८१, आइतबार

अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै


केपी ओली र करिश्मा मानन्धर

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्दै छिन् । आज मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

अभिनेत्री मानन्धरले फाल्गुन २६ बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी थिइन् । अध्यक्ष ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा उनी राजी भएकी थिइन् ।

केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः एमाले प्रवेश गर्ने तयारीलाई अन्तिम रुप दिएकी थिइन् । यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् । नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्माले फेरि एकपटक पुन: पार्टी राजनीति शुरु गर्ने मनस्थिति बनाएकी हुन् ।

उनलाई आज एक कार्यक्रम गरेर पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको हो । बालकोट स्रोतका अनुसार करिष्मा आफ्नो टिमसहित वैशाख ९ गते एमाले प्रवेश कार्यक्रम तय गरिएपनि उनी पूर्वनिर्धारित तय गरिएको समयको एक महिनाअघि नै आज एमालेमा प्रवेश गर्ने भएकी हुन् ।

पढ्नलाई कुनै उमेरको हदबन्दी छेक्दैन भनेर उनले सावित गरेर उनी पढ्ने इच्छा भएका तर स्कुल, कलेज जान नसकेकाहरुको लागि प्रेरणाको स्रोत समेत भएकी करिश्मा राजनीतिमा कत्तिको प्रेरणाको स्रोत हुन्छिन् त्यो त भविष्यले बताउला जसको लागि प्रतिक्षा नै गर्नुपर्ने हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !