१९ मंसिर २०८१, बुधबार

फिल्म छायाङ्कन क्रममा भीरबाट लडेर नायक रितेश घाइते


रितेश चाम्स

काठमाडौं । अभिनेता रितेश चाम्स भीरबाट लडेर घाइते भएका छन् । स्रोतका अनुसार फिल्म ‘गोर्खा वारियर–२’ छायाङ्कन क्रममा भीरबाट लडेर अभिनेता चाम्स घाइते भएका हुन् ।

प्रहरीका अनुसार फिल्मका लागि एक दृश्य दिँदा उनी भीरबाट लडेर घाइते भएका हुन् । घाइते चाम्सको सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनकमा उपचार भइरहेको स्रोतले बतायो । उनले घाँटी र शरीरका विभिन्न अन्य भागमा चोट लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !