२ फाल्गुन २०८२, शनिबार

कुलमानको आदेश माने हिरेन्द्रले, बक्यौता उठाउन बैठक डाक्ने तयारी


कुलमान हितेन्द्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्णय मान्ने बताएका छन् । ऊर्जामन्त्री घिसिङले विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंकलाइनको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका थिए ।

गत सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले यस्तो निर्णय गरेका थिए । मन्त्रीको सो निर्णयलाई कार्यान्वयन गर्न अर्बौं बाँकी बिजुलीको बक्यौता उठाउन विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ ।

ऊर्जामन्त्री घिसिङले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग आज बिहान ब्रिफिङ गरेका छन् । कुलमानले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जेनजीको आन्दोलनको भावना बुझेर छाड्नु पर्ने भनिरहेको बेला भेट भएको बेला केही भनेनन् । आज ऊर्जा मन्त्री कुलामान, मन्त्रालयका सचिव र सहसचिवलाई शाक्यले ब्रिफिङ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !