१२ असार २०८१, बुधबार

राष्ट्रिय गौरवको आयोजना रानी जमराका लागि २ अर्ब बजेट


रानी- जमरा-कुलरिया सिँचाइ आयोजना

सुदूरपश्चिम । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेटमा कैलालीमा निर्माणाधीन रानी- जमरा-कुलरिया सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको यो आयोजनाको नौ किलोमिटर मूल नहर निर्माण आगामी वर्षमा पूरा गरिने जनाइएको छ । उक्त आयोजनाकै लम्की विस्तारतर्फको कान्द्रा खोलासम्म १५ किलोमिटर मूल नहर र पाँच किलोमिटर शाखा नहर निर्माण गरिने लक्ष्य लिइएको छ ।

उक्त आयोजनाको आगामी तीन वर्षभित्र निर्माण पूरा गरिने लक्ष्य लिइएको र यसबाट २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ पुग्ने लक्ष्य रहेको अर्थमन्त्री विष्णप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारको प्राथमिकताप्राप्त कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि रु एक अर्ब २५करोड बजेट विनियोजन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !