१२ श्रावण २०८१, शनिबार

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट विजयी


महेन्द्रबहादुृर शाही

मान्म । कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई ६ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

कालीकोटमा खसेको कुल ४६ हजार ६६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले १ हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले १४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले ८९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिए । कालीकोटमा २ हजार ४१ मत बदर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !