गुल्मी २ मा गोकर्ण विष्टको ह्याट्रिक, रामकुमारी झाँक्री पराजित Nepalpatra गुल्मी २ मा गोकर्ण विष्टको ह्याट्रिक, रामकुमारी झाँक्री पराजित
२२ मंसिर २०७९, बिहिबार

गुल्मी २ मा गोकर्ण विष्टको ह्याट्रिक, रामकुमारी झाँक्री पराजित


गोकर्ण विष्ट

रेसुङ्गा, गुल्मी । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् ।

यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

उनको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका छन् ।

विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !