१८ पुस २०८१, बिहीबार

निजी विद्यालयले १ महिनाको शुल्क फिर्ता गर्नुपर्ने


स्कुल

चैत १६, काठमाडौं । नेपाल सरकारले निजी विद्यालयले चैत १ महिनाको शुल्क लिन नपाउने यदि लिएको भए फिर्ता गर्नुपर्ने निर्णय गरेको छ । आज नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।

निजी विद्यालयहरुले यो शैक्षिक सत्रको सबै शुल्क लिइसकेर वार्षिक परीक्षा पनि सकेको अवस्थामा सरकारको निर्णय आएको हो । देशका सबै निजी विद्यालयले यो शैक्षिक सत्रको पढाई बन्द गरिसकेका छन् । केही निजी विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना नै लिन थालिसकेका थिए ।

तर लकडाउन चलिरहेका बेला मानिस जम्मा गरेको भन्दै सरकारको दबाबमा भर्ना रोकिएको छ । यस्तो अवस्थामा निजी विद्यालयले शुल्क मिनाहको निर्णय कसरी कार्यान्वयन गर्छन् ? उनीहरुको प्रतिक्रिया आउन भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !