११ आश्विन २०८१, शुक्रबार

हावाहुरीबाट प्रभावित विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण


७ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा बारा जिल्लामा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीलाई सहयोग गरिएको छ । बारा जिल्लाको भलुइ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र ५ मा अध्ययन गर्ने अभावमा रहेका हावाहुरीबाट प्रभावित परिवारका ४० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेको हो ।

वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,राष्ट्रिय सचिव एवं वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपाने , जानकी प्रदेश सचिव घनश्याम नायक, वीरगन्ज नगर सचिव राजाबाबु यादव र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषद्को सामाजिक एवं मानवीय कार्यका बारेमा बताउदै विद्यार्थी परिषदले हिमाल ,पहाड र तराई कोहि छैन पराइ लाई आत्मसात गर्ने र नेपाललाई एक परिवारको रुप व्यवहार गर्ने बाराको दुख लाई बाड्नका लागी पनि विद्यार्थी परिषद्का जुम्ला ,संखुवासभा ,काठमाडौं ,पोखरा ,धनगढी जस्ता विभिन्न इकाईले राहत संकलन गरी ट्र्याकसुट् बनाइ वितरण गरिएको जानकारी गराउनु भयो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि बाढीबाट पीडित तराईजिल्लावासीहरुलाई राहत संकलन गरी सहयोग प्रदान गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु