८ बैशाख २०८१, शनिबार

विद्यार्थीको सर्वाङ्गीण विकासको लागि द ह्वाइट माउन्टेन स्कुलको प्रतिबद्धता


द ह्वाइट माउन्टेन स्कुल

भनिन्छ बालबालिकामा अथाह प्रतिभा र क्षमता हुन्छ । बालबालिकामा भएको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने कार्य एक सहजकर्ताको रुपमा विद्यालयले गर्न सक्नु पर्दछ । यही पवित्र विचारले अभिप्रेरित भई द वाइट माउन्टेन स्कुलको स्थापना गरिएको हो । २०६३ सालमा धौलागिरी नेशनल स्कुलको नामले धापासी-९, वसुन्धरामा स्थापना भएको हो । २०६८ साल चैत ९ गतेवाट विद्यालय यसै स्थान टोखा न.पा. -६, हरियाली वस्ती धापासीमा स्थानान्तरण भई सञ्चालित रहँदै आएको छ । २०७२ सालदेखि विद्यालयको नाम परिवर्तन गरी द ह्वाइट माउन्टेन स्कुल रहन गयो । प्ले ग्रुपदेखि कक्षा १० सम्म पढाई हुने यस विद्यालयवाट ३ ब्याचले उच्च अंक ल्याएर एसएलसी पास गरी सकेका छन् ।

अनुशासित, नैतिकवान्, चरित्रवान, बौद्धिक, लगनशील र मानवीय गुणयुक्त विद्यार्थीको कल्पना गरी देश र समाजलाई गुन लगाउने सोच यस विद्यालयको रहेको छ । विद्यालय भन्ने बित्तिकै विद्यार्थी, शिक्षक, अभिभावकको त्रिकोणात्मक सम्बन्ध भन्ने बुझिन्छ । एउटा विद्यार्थीलाई शिक्षण सिकाईले मात्र पुग्दैन । उसलाई अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक हुन्छ । विद्यार्थीको सर्वाङ्गीण विकासको लागि द ह्वाइट माउन्टेन स्कुलले अध्ययनरत विद्यार्थीको रुचि, चाहना अनुसार कविता, कथा, मुक्तक, लेख, रचना, चित्रकला, शैक्षिक भ्रमण अनुभव आदि समावेश गरी विद्यार्थीको क्षमता र सीपको विकास गर्दै आएको छ ।

काठमाडौं उपत्यकाको ग्राण्डी अन्तरार्ष्ट्रिय अपस्तालको नजिक हरियाली वस्तीको एकदमै शान्त वातावरणमा रहेको यस स्कुलवाट उत्तरमा थिवपुरी, पश्चिममा नागार्जुन र दक्षिणमा चन्द्रागिरी पर्वतको मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । विद्यार्थीहरुलाई नैतिकवान् र चरित्रवान् बनाउन यस स्कुलले संस्कारयुक्त सार्थक शिक्षामा जोड दिदै आएको छ । सम्पूर्ण विद्यार्थीमा आफ्नो धर्म संस्कृति, देशभक्ति र राष्ट्रियता भावना जागृत हुने खालका बिभिन्न गीत संगीत निर्माण गर्ने चरणमा रहेको यस विद्यालयका संस्थापक प्रिन्सिपल तिलक शर्मा पौडेल बताउनुहुन्छ ।

थप जानकारीको लागि यो लिंकमा जानुहोस् ।

The White Mountain School


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !