२६ पुस २०८१, शुक्रबार

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित


TU Central Office

१० भदौ, काठमाडौँ । कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् ।

यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् ।

उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्रा. डा. तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरु सूूर्यरत्न गुभाजु, प्रा. डा. रञ्जना गुप्ता, प्रा. डा. रमेशकुमार श्रेष्ठ, प्रा. डा. कुमार सापकोटा तथा प्रा. डा. नन्दबहादुर सिंह रहेका छन् ।

प्रा. डा. नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाइएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !