काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । आज बुधबार सानेपास्थित काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा शिक्षक महासंघले धर्ना दिएको हो ।
पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिएको हो धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
बिहीबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल र शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको छ ।
विद्यालय शिक्षा विधेयकमा आफूहरूका सबै मागहरू समेट्नुपर्ने महासंघको माग छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ ।












