
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका थिए । हिजो बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो । बोर्डले वैशाख २१ गतेदेखि हुने गरी कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक गरेको हो ।