
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई आज निर्देशन दिएका हुन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको बैठकको आज वैशाख ९ गते बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् । आजै केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर परीक्षा सरेको जानकारी दिने बताइएको छ।