
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा डा खड्ग केसीलाई दिइएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष केसीलाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ हुन् ।