४ बैशाख २०८२, बिहीबार

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि फेरि बोलायो


माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि फेरि बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा आज बोलाएको हो ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो ।

काठमाडौं केन्द्रित आन्दालेनमा रहेका शिक्षकहरुलाई आज मंगलबार एक सुचना जारी गर्दै शिक्षा मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो । यसअघि पनि सरकारले वार्तामा आउनका लागि शिक्षकहरुलाई आह्वान गरेको थियो ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !