१५ असार २०८१, शनिबार

एसइईको नतिजा भोलि बिहीबार सार्वजनिक गरिने


एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसइईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले केही प्राविधिक तयारी नपुगेकाले आजै प्रकाशन गर्ने भनिएको एसइईको नतिजा भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बसेर भोलि भोलि बिहान सार्वजनिक गर्ने निर्णय भएको बताए ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !