२१ बैशाख २०८१, शुक्रबार

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न परीक्षा बोर्डको सूचना


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।

परीक्षा बोर्डले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको हो ।

कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनिएको छ ।

सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न पनि सूचित गरिएको छ ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन भनिएको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रिय परीक्षा बोर्डले निकालेको सूचना

राष्ट्रिय परीक्षा बोर्डले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !