१२ असार २०८१, बुधबार

काठमाडौं महानगरद्वारा कक्षा ११ मा छात्रवृत्तिकाे परीक्षाका लागि आवेदन माग


काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।

शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्न सक्ने छन् ।

महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने माहनगरले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् काठमाडौँ महानगरले निकालेको सूचना

काठमाडौँ महानगरले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !