२५ पुस २०८१, बिहीबार

विद्यालयले किताब बेचे र पोसाक किन्न बाध्य गरे दण्डित गरिन्छ : बालेन शाह


बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरुले किताब बेचे र तोकेकै ठाउँबाट पोसाक किन्न बाध्य गरे दण्डित गरिने चेतावनी दिएका छन् ।

मेयर शाहले आज आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको जानकारी दिएका हुन् ।

उनले विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए । मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे ।

किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ गते नै परिपत्र गरेका थिए ।

यस्तो छ काठमाडौँ महानगरले विद्यालयलाई गरेको परिपत्र

काठमाडौँ महानगरले विद्यालयलाई गरेको परिपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !