काठमाडौं । सरकारले आन्दोलनरत विद्यालय कर्मचारीलाई वार्ताको लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको हो ।
कर्मचारीको आन्दोलनका कारण अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । गत १ भदौदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि थालिएको विद्यालय बन्द घोषणा गरेका छन् । आज देशभरका ८० प्रतिशत भन्दा बढी विद्यालयहरू बन्द गरिएको छ ।
सेवा सुविधासम्बन्धी मागहरू राखेर विद्यालय कर्मचारीहरू आन्दोलनरत छन् । शिक्षा मन्त्रालयका कानुन उपसचिव विदुरराज गिरीले कर्मचारीको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।