७ बैशाख २०८१, शुक्रबार

भोलिदेखि एसइई परीक्षा


एसइई

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदै छ । सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको छ ।

परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको परीक्षा बोर्डका एक अधिकारीले जानकारी दिए ।

परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डका एक अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !