२० बैशाख २०८१, बिहिबार

एसईई परीक्षा देशभर आजवाट शुरु हुँदै


एसइई परीक्षा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा देशभर आज शुक्रबारदेखि शुरु हुँदै छ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसइईको परीक्षा शुरु हुने भएको हो ।

सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै आज वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने छ । विगत दुई वर्ष कोरोना महामारीका कारण परीक्षा भौतिक उपस्थितिमा हुन नसकेर आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।

परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ ।

एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुँदैछन् । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकोले एसईई परीक्षा निर्वाचन अघि नै शुरु हुने भएको हो ।

परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्री जिल्ला-जिल्ला पुगिसकेका राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !