६ मंसिर २०८१, बिहीबार

कक्षा ११ को परीक्षा आगामी जेठ तेस्रो सातादेखि गर्न निर्देशन


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । कक्षा ११ को परीक्षा आगामी जेठ तेस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि परीक्षा संचालन गर्न निर्देशन दिएको हो ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको भन्दै बोर्डले उक्त कार्य सम्पन्न भए पश्चात् “कक्षा ११ को परीक्षा विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने एक सूचनामार्फत जनाएको छ ।

बोर्डले तोकेको मापदण्ड अनुरुप जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !