६ मंसिर २०८१, बिहीबार

जुम्लामा खुले विद्यालय


विद्यालय

खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ ।”

विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताउनुभयो ।

किसान मारमा

तिला गाउँपालिका–१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुग्नुभयो । कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ पनि हो । रावतलाई जुम्ला घर भन्दा कसैले पत्याएनन् । जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो । स्याउ र सिमी किन्न अनुरोध गर्दा “तपार्इं जस्तो ठगले झुक्याएर अब कोही झुक्किदैन, जुम्लाको नाम लिएर फाइदा लिने दिन गए” भनी उपभोक्ताले रावतलाई स्पष्ट भनिदिए । “पछि कुरो बुझ्दा छिमेकी जिल्लाका व्यापारीले जुम्लाको अर्गानिक उत्पादन भन्दै ठग्ने गरेको रहस्य खुल्यो”, रावतले भन्नुभयो ।

तातोपानी– ७ कै भरत रावतले नागरिकता देखाएरै जुम्लाको उत्पादन बेच्नु परेको गुनासो गर्नुभयो । बजारमा जुम्ली स्याउ, सिमी र आलुको माग बढी हुन्छ तर सजिलै जुम्लाको उत्पादन हो भनेर विश्वास गर्दैनन् । उहाँले भन्नुभयो, “जुम्लाको उत्पादन भनेर अन्य जिल्लाका व्यापारीले पाइदा लुट्ने प्रवृत्ति हावी हुँदै गएको छ । जुम्लाका अर्गानिक उत्पादन अरु जिल्लाका भन्दा फरक र स्वादिला हुने हुँदा नाम बेचेर फाइदा लुट्ने प्रवृत्ति हाबी हँुदै गएको छ ।”

स्याउ सिमी र आलु जस्ता नगदेबाली अन्य जिल्लाका व्यापारीले जुम्लाको प्राङ्गारिक भनी बेच्न गरेका छन् । मार्सी चामल र स्याउले बजारमा राम्रो प्रभाव जमाएको हँुदा जुम्लाको नाम लिनासाथ सजिलै बिक्री हुने लोभमा अन्य जिल्लाका व्यापारीले बदमासी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

जुम्लाका कृषि उत्पादनको बजारीकरणमा एकरुपता ल्याउनका लागि कृषि विकास कार्यालयले अर्गानिक ब्राण्डको लोगो बनाउने भएको छ । जुम्लाको नाम बेचेर गएगुजे्रका कृषि उत्पादन बेचबिखन रोक्नका लागि जैविक प्रतीकचिह्नले भूमिका खेल्ने कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !