२२ भाद्र २०८१, शनिबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा असहायलाई सहयोग


नेपाल लाइफ इन्सुरेन्स

काठमाडौं, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ । उक्त सहयोग सातै प्रदेशका विभिन्न स्थानमा रहेका असहाय महिला, वृद्धवृद्धा तथा अनाथ बालकालिकालाई प्रदान गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले आइतार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल लाइफ विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले यसअघि नै कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड रकम सहयोग गरेको थियो ।

हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजार हिस्सा ओगटेको छ । बिस वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु पाँच अर्ब ५० करोड रहेको छ भने लगानी रु ८६ अर्ब ३३ करोड रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष रु ८२ अर्ब र शेयरधनी कोष रु आठ अर्ब ६० करोडभन्दा बढी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !