६ जेष्ठ २०८१, आइतबार

नेपाल र भारतबाट नेपाली बैङ्कहरुका ३ करोड बढी पैसा झिकियो


१६ भदौं, काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन् ।

उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १ करोड ७६ लाख रकम शनिबार अपरान्ह झिकेका थिए ।

यस्तै, भारतमा पनि नेपाली बैङ्कको एटीएम कार्ड प्रयोग गरेर १ करोड ६८ लाख झिकेको देखिएको नेपाल राष्ट्र बैङ्कले बताएको छ ।

यद्यपि, भारतमा कसको संलग्नता थियो भन्ने केही खुलाइएको छैन । साथै, नेपालकै कुन बैंकको कति रकम झिकियो भनेर पनि अझै यकिन नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

उनले भने, ‘भिसाले राष्ट्र बैङ्कलाई दिएको जानकारी अनुसार ह्याकरहरुले नेपाल र भारतबाट गरेर रु ३ करोड ४५ लाख रकम झिकेका छन् । उनीहरुले भारतमा हजार र नेपालमा ७ सयपटक कार्ड प्रयोग गरी एटीएमबाट रकम झिकेका थिए । यद्यपि, यस विषयमा पूर्ण विवरण भने केही दिनमा आउनेछ ।’ आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !