३० कार्तिक २०८१, शुक्रबार

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब


तीन करोड

५ भदौं, काठमाडौं । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।

पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले भारत सरकारले पुननिर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुननिर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !