जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताउनु भयो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यो पनि पढ्नुहोस्
आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
बजेटले बृद्धभत्ता बृद्धिदेखि कर्मचारीको तलब समेत बृद्धि गरेको छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट विनियोजन भएको देखिन्छ । यस्तै आगामी आर्थिक वर्षका लागि अनुमानित खर्चको स्रोतका लागि राजश्वबाट ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ३३ लाख प्राप्त गरिँदा पनि बजेटमा ४ अर्ब ९३ अर्ब ८३ करोड ३३ लाख कम हुनेछ ।
यस्तो छ बजेटको पूर्णपाठ