![pradesh-no.1-nh](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/08/pradesh-no.1-nh.jpg?fit=900%2C675&ssl=1)
विराटनगर, ६ जेठ । प्रदेश नंं १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ ।
प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६÷/७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।
यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ । आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ । (रासस)