४ वैसाख, काठमाडौँ । एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ठूला करदाता कार्यालयले सात दिनको समय दिएको छ ।
एनसेलले आाफ्नो स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ करदाता कार्यालयले सात दिनको समय दिएको हो । कार्यालयले सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।
कार्यालयले आयकर ऐन २०५८ बमोजिम एनसेलको कारोबारको कर निर्धारण गरेको आधारमा यसअघि तिरिसकेको रकमलाई कटाएर बाँकी कर तिर्न भनेको हो ।