१५ असार २०८१, शनिबार

सुधिरनाथ एनआईसी बैंकको डेपुटी सीईओमा बढुवा


sudhirnath pande

१७ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको सहायक नायव कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई डेपुटी सीईओमा बढुवा गरेको हो ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखका रुपमा काम गर्दै आएका थिए ।

डेपुटी सीईओ पाण्डेले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेसँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सो को प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बैंकले जनाएको छ ।

डेपुटी सीईओ पाण्डेले सोमबार नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ‘उनले बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि’ भन्ने नारालाई आत्मसाथ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !