१५ असार २०८१, शनिबार

एनआईसीकाे शाखारहित बैंकिङ्ग सेवा


Capture

२१ मंसिर, काठमाडाैं । एनआईसी एशिया बैंकले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको सांसद यज्ञराज सुनुवारले उद्घाटन गरे । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका हालसम्म देशभर गरी कुल २ सय ७० शाखा कार्यालयहरु, २ सय ८५ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् भने बैंकले विभिन्न २० वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !