१९ असार २०८१, बुधबार

पाँच लाखको अक्षयकोष स्थापना


Nepalpatra

१६ साउन, पर्वत । साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

शर्माले आफू ५० वर्षमा प्रवेश गरेको अवसरमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषमार्फत् विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग, पुरस्कार वितरण तथा विभिन्न सामाजिक कार्य गर्ने उहाँले बताउनुभयो । एक दशकदेखि कुश्मामा साहित्य सिर्जना र पत्रकारिता गर्दै आउनुभएकी शर्माले आफ्नो जन्मोत्सवमा पत्रकार राजेन्द्र पहाडी, साहित्यकार कृष्णदेवी श्रेष्ठ र समाजसेवी मानकुमारी गिरीलाई सम्मानसमेत गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !