२ फाल्गुन २०८२, शनिबार

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक


एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ ।

बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आधुनिक आवश्यकतालाई मध्यनजर गर्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो । यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज, प्रिमियम र थप लाभदायी बनाउने विश्वास बैंकले लिएको छ ।

नयाँ प्लाटिनम कार्डधारकहरूका लागि बैंकले विभिन्न विशेष सुविधाहरूको व्यवस्था गरेको छ । यसअन्तर्गत ग्राहकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुट प्राप्त गर्नुका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा (सर्तहरू लागू हुने गरी) को आनन्द लिन पाउनेछन् । बैंकिङ्गमा सधैं अगाडि रहने लक्ष्यका साथ बैंकले आफ्ना ग्राहकलाई विशिष्ट पहिचान दिन यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ ।

विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने देखिन्छ । यस कार्डको मुख्य विशेषता भनेको नेपालभरका कुनै पनि बैंकको एटिएमबाट बिना कुनै शुल्क नगद झिक्न सकिने सुविधा हो । यसका साथै भारतमा नगद झिक्दा समेत ग्राहकहरूले विशेष सहुलियत दरमा सेवा पाउने व्यवस्था गरिएको छ ।

यी नयाँ प्लाटिनम कार्डहरूका बारेमा थप जानकारी लिन वा सेवा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा फोन गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत भरपर्दो वित्तीय सेवा दिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !