काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुन: पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अग्रवाललाई आज शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।
सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको हो । यसअघि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएअनुसार सीआईबीले पक्राउ गरेको जनाएको छ ।
अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुट्टा आश्वासन दिने गर्थे ।
यसअघि पनि उनी श्रावण महिनामा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।












