५ फाल्गुन २०८२, मंगलबार

सुनचाँदीको मूल्य आज बढ्यो


सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तीन हजार २२० रुपैयाँ कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !