५ फाल्गुन २०८२, मंगलबार

राष्ट्र बैंकद्वारा सुन आयातको दैनिक कोटा वृद्धि


नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।

राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गर्दै हाल वाणिज्य बैंकले दैनिक २० केजी आयात गर्दै आएकामा २५ केजी बनाएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेर आयात गर्न सकिने सुनको दैनिक परिमाण २५ केजी बनाएको हो ।

यस्तो सुन नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न सक्नेछन् । बैंकहरूले १००, २०० र ५०० ग्रामसम्मका परिमाणमा सुन आयात गरी बिक्री वितरण गर्नुपर्ने व्यवस्था छ ।

सुन खरिद गर्ने सुनचाँदी व्यवसायी संघहरूले तोक्ने खुद्रा मूल्य वाणिज्य बैंकहरूबाट खरिद भएको मूल्यमा ०.५० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !