५ फाल्गुन २०८२, मंगलबार

सुनको मूल्य आज तोलामा ४०० ले बढ्यो


सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !