३ फाल्गुन २०८२, आइतबार

गतवर्षको तुलनामा मुलुकको अर्थतन्त्रमा सुधार : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म रु १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

“अर्थतन्त्रमा प्रष्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ । राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !