काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ । मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ४५ रुपैयाँ पर्नेछ ।













