६ फाल्गुन २०८२, बुधबार

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त


मनोज ज्ञवाली

काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको २२ गते बसेको सञ्चालक समितिको ६८औँ बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो ।

यसअगाडि बैंकको कार्यकारी प्रमुखमा ज्ञानेन्द्र ढुंगाना थिए । राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सामेल हुन उनले बैंकको सीईओबाट राजीनामा दिएका थिए ।

उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यसैगरी गत चैत १३ गते देखि उनी नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।

दैलेखमा जन्मेका ज्ञवाली ४४ वर्षका भए । करिब २५ वर्ष भन्दा धेरै बैंकिङ क्षेत्रमा बिताइसकेका उनीसँग बैकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा समेत ५ वर्ष काम गरेको अनुभव छ ।

ग्लोबल आईएमई बैंकमा ७ वर्ष विताएका ज्ञवालीले २ वर्षसम्म ज्योति विकास बैंकको नेतृत्व गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !