काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा हानेको हो ।
बुधबार नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको हो । आज अख्तियारबाट आएको तीनजनाको टोलीले आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ गरेका थिए ।
आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा हानेको हो । अख्तियारले बोर्डमा छापा हानेको हो ।
बिहान ११ बजे अख्तियारका अनुसन्धान अधिकृतहरु बोर्डमा पुगेका थिए । उनीहरुले साँझ ४ बजेसम्म बोर्डका उच्चस्तरका कर्मचारीहरुसँग सोधपुछ गरेका थिए । टोलीले विभिन्न कागजात समेत लिएर गएको बताइएको छ ।
धितोपत्र बोर्डका अध्यक्षले आईपीओ निष्कासन अनुमति दिनका लागि कमिसन मागेको भन्ने कुरा बाहिरिएको थियो । माओवादीका सांसद माधव सापकोटाले हाइड्रोपावरको आईपीओ निष्कासन स्वीकृति दिन कमिसन मागेको विषयमा बुधबारको संसद् बैठकमा कुरा उठाएका थिए ।












